रास्वपा सभापति लामिछानेको स्पष्टिकरण: गरिबको बस्तीमा डोजर नचलाइने, भ्रष्टाचारीको महलमा मात्र

153 Shares

काठमाडौं । रवि लामिछाने ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी बाचापत्र सार्वजनिक सभालाई सम्बोधन गर्दै गरिबको बस्तीमा डोजर चलाइने भनिएको भ्रमप्रति आपत्ति जनाउनुभएको छ।

सभामा उहाँले भन्नुभयो, ‘कतिपय मान्छेलाई तर्साउने काम भइरहेको छ। बस्तीमा डोजर चल्छ भनिएको छ, तर गरिबको बस्तीले चिन्ता गर्नुपर्दैन, डोजर चल्यो भने भ्रष्टाचारीको महलमा मात्र चलाउने छौँ। हामी गरिबको व्यवस्थापन गर्छौँ।’

साथै लामिछानेले रास्वपाका सबै उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गर्दै भने, ‘अहिले तपाईंले घण्टी बजाउनुहोस्, ५ वर्षपछि केही गर्न सकेनौँ भने राजनीतिक रुपमा त्यही घण्टीले हामीलाई बजाइदिनुस्।’