काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनपछि सरकारको नेतृत्व गरे संविधान संशोधनका प्रस्तावहरूबारे ‘बहस पत्र’ तयार गर्ने बताएको छ ।
सुर्खेत मा बिहीबार सार्वजनिक गरिएको पार्टीको वाचापत्रमा सरकार सम्हालेको तीन महिनाभित्र राष्ट्रिय सहमति कायम गर्ने उद्देश्यले संविधान संशोधनसम्बन्धी प्रस्तावहरू समेटिएको ‘बहस पत्र’ तयार गर्ने उल्लेख गरिएको छ ।
वाचापत्रअनुसार संविधान संशोधनसम्बन्धी छलफलका लागि तयार गरिने उक्त दस्तावेजमा प्रत्यक्ष निर्वाचित कार्यकारीको अवधारणा समेटिनेछ । साथै पूर्ण समानुपातिक संसद्, सांसद मन्त्री बन्न नपाउने व्यवस्था, गैर–दलीय स्थानीय सरकार र सुधारिएको प्रादेशिक संरचनाबारे पनि छलफल गरिने जनाइएको छ ।
संविधान संशोधनसम्बन्धी प्रारम्भिक छलफलका लागि प्रस्तुत गरिने विषयहरूमा यी अवधारणाहरू न्यूनतम आधारका रूपमा रहने पार्टीले जनाएको छ ।







फेसबुकबाट तपाईको प्रतिक्रिया