देश अहिले दोबाटोमा उभिएको एमाले अध्यक्ष ओलीको टिप्पणी

127 Shares

काठमाडौं । केपी शर्मा ओली ले देश अहिले दोबाटोमा उभिएको टिप्पणी गर्नुभएको छ।

राजधानीमा आसन्न निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान समयमा भत्काउने र बनाउने दुई सोचबीच द्वन्द्व जारी रहेको बताएका छन्।

उहाँले भन्नुभयो, “‘आज देश यस्तो दोबाटोमा उभिएको छ, जहाँ एकातिर आवेग र आक्रोश छ, अर्कोतिर विवेक र जिम्मेवारी छ। भत्काउने र बनाउने दुई सोचबीचको जारी द्वन्द्वमा देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदैछ।’”

अध्यक्ष ओलीले यतिबेला देश प्रश्नैप्रश्नको घेरामा रहेको उल्लेख गर्दै भने, “‘निर्वाचनको केही साताअघि हाम्रा प्रतिवद्धता घोषणा गरिरहँदा यस्तो लाग्छ सिंगो समाज प्रश्नैप्रश्नहरूको घेरामा छ।’”