राष्ट्रिय प्रजातन्त्र दिवस उत्साहपूर्ण रूपमा मनाइयो(तस्बिरसहित)

109 Shares

काठमाडौं । नेपाल मा २००७ सालको ऐतिहासिक क्रान्तिले राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस यस वर्ष पनि उत्साहपूर्ण रूपमा मनाइएको छ।

साेही अवसरमा बिहीबार टुँडिखेल मा कार्यक्रम आयोजना गरिएको थियो। दिवसले नेपाली जनताको लामो संघर्ष र बलिदानको स्मरण गर्दै लोकतन्त्र, सुशासन र समृद्धिको सन्देश प्रवाह गरेको छ।

कार्यक्रममा रामचन्द्र पौडेल, सुशीला कार्की, मन्त्रीहरु र उच्च पदस्थ सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो। नेपाली सेनाले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो। कार्यक्रममा सेनाद्वारा मार्च पास, झाँकी, साँस्कृतिक नृत्य तथा सांगीतिक धुनहरू पनि प्रस्तुत गरिएका थिए।

राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास तथा समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

4-1.jpg5-2.jpg1-4.jpg