नेपाली बजारमा सुनचाँदीको मूल्यमा तीव्र वृद्धि

159 Shares

काठमाडौं । नेपाल को बजारमा बिहीबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ।

गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्य बिहीबार बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ पुगेको छ। बुधबार सुन प्रतितोला ३ लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य बुधबारको तुलनामा प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढेको हो।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यो मूल्य बुधबारको तुलनामा प्रतितोला १ सय ८० रुपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा भने बिहीबार सुन प्रतिऔंस ४ हजार ९ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।