काठमाडौं। निर्वाचन नजिकिँदै गए पनि सेयर बजारका लगानीकर्ता उत्साही देखिएका छैनन्। बजार परिसूचक घट्ने क्रम पनि जारी रहेको छ।
आज कारोबार उतारचढावबीच नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१ अंकले घटेर २६ सय ४२ बिन्दुमा आएर थामिएको छ। कारोबार रकम पनि घटेर साढे ८ अर्ब रुपैयाँभन्दा तल खुम्चिएको छ।
व्यापार र सामूहिक लगानी कोष समूह झिनो अंकले सकारात्मक रहे पनि बाँकी सबै समूह घटेका छन्। वित्त समूह २ प्रतिशतभन्दा बढीले घट्दा अन्य अधिकांश समूह करिब १ प्रतिशतको हाराहारीमा झरेका छन्।
एक्सचेन्जका अनुसार आज ३ सय ५४ कम्पनीका २ करोडभन्दा बढी कित्ता सेयर करिब ८ अर्ब ३६ करोड रुपैयाँमा किनबेच भएका छन्। जसमध्ये २ सय १४ कम्पनीको सेयर मूल्य घट्दा ४२ कम्पनीको मात्रै बढेको छ।
घट्दो बजारबीच पनि सलपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्स को सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यसदिन रिडि पावर को सबैभन्दा धेरै ५३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया