आसन्न निर्वाचनमा पहिलो शक्ति बन्ने दाबी : अग्नीप्रसाद सापकोटा

139 Shares

काठमाडौं नेपाली कम्युनिष्ट पार्टी का नेता अग्नीप्रसाद सापकोटा ले आसन्न निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गर्नुभएको छ।

मंगलबार पेरिसडाँडा स्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले देशभरबाट आएको रिपोर्टका आधारमा आफ्नो पार्टी पहिलो पार्टी बन्ने निष्कर्षमा पुगेको बताउनुभयो।

उहाँले निर्वाचनको गरिमामा आँच नआउने गरी समाचार प्रसारण तथा प्रकाशन गर्न आम सञ्चार माध्यम जिम्मेवार रहने विश्वास व्यक्त गर्नुभयो। नेपाली प्रेसले परिवर्तनको पक्षमा योगदान दिँदै आएको उल्लेख गर्दै उहाँले आगामी दिनमा अझ सशक्त भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गर्नुभयो।

नेता सापकोटाले देशभरबाट आएको रिपोर्टअनुसार आफ्नो पार्टी पहिलो पार्टी बन्ने दाबी दोहोर्याउनुभयो। साथै उहाँले निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्वाचन आयोग को ध्यानाकर्षणसमेत गराउनुभएको छ।