अब नेपाल राति पनि काम गर्ने गरी अघि बढ्छ : विश्वप्रकाश शर्मा

160 Shares

काठमाडौं नेपाली कांग्रेस का उपसभापति विश्वप्रकाश शर्मा ले नेपाल ले अब राति पनि काम गर्ने गरी विकासको गति बढाउने बताउनुभएको छ।

तनहुँ को दमौली मा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले आगामी १०–१५ वर्षमा मुलुकलाई समुन्नत बनाउन राति समेत काम गर्ने संस्कृति विकास गर्नुपर्ने बताउनुभयो।

उहाँले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा पूँजीगत बजेट खर्च १६ प्रतिशतभन्दा कम हुनु दुखद अवस्था भएको उल्लेख गर्नुभयो। यस्तो स्थितिको अन्त्य गर्न कांग्रेसले आवश्यक कानुनी व्यवस्था, संरचनागत सुधार र तीन सिफ्टमा काम गर्ने कार्यसंस्कृति विकास गर्ने दाबी गर्नुभयो।

भौतिक पूर्वाधार निर्माणका कामलाई दिनको तीन वटा ८ घण्टे सिफ्ट प्रयोग गरेर अघि बढाउनुपर्नेमा पनि उपसभापति शर्माले जोड दिनुभएको छ।