काठमाडौं । नेपाली कांग्रेस ले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ ।
विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिले तारामान गुरुङ को संयोजकत्वमा गठन गरेको केन्द्रीय अनुशासन समितिको पहिलो बैठक यही फागुन ८ गते शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बोलाइएको हो । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल ले बैठकको मुख्य एजेन्डा पार्टीका तर्फबाट मुलुकभर बागी उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने रहेको जानकारी दिनुभएको छ ।
मुख्यसचिव दुलालका अनुसार देशभर कांग्रेसका ३ जनाले बागी उम्मेदवारी दिएका छन् । एक पटक अनुशासन समिति बैठक बसेर समय तोकेर उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने र सो अवधिमा उम्मेदवारी फिर्ता नगरे अर्को बैठक बसेर कारबाही गर्ने तयारी कांग्रेसको छ । कांग्रेसबाट बागी उम्मेदवारी दिनेमा कपिलवस्तु–१ बाट आशिष शर्मासहित ३ जना रहेको पनि जानकारी दिइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया