काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ले सोमबार बिहान पर्यटकीयस्थल मैकोट मा मर्निङवाकसँगै मतदातासँग भेटघाट गर्नुभएको छ ।
संयोजक दाहालले प्रसिद्ध मस्तथानको भ्रमण समेत गर्नुभएको हो । उहाँले सोमबार बिहानै विभिन्न वडाका कार्यकर्तासँग भेटघाट गर्नुभएको थियो । मतदाता भेटघाटका लागि उहाँ आइतबार दिउँसो मैकोट पुग्नुभएको थियो ।
संयोजक दाहाललाई मैकोटका स्थानीयले भव्य स्वागत समेत गरेका थिए ।







फेसबुकबाट तपाईको प्रतिक्रिया