184
Shares
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी ले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो प्रतिबद्धता पत्र निर्वाचन आयोगमा पेश गरेको छ।
पार्टीको तर्फबाट आइतबार दिउँसो ३ बजे निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी समक्ष दस्तावेज बुझाइएको हो।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०८२ अनुसार निर्वाचनमा सहभागी राजनीतिक दलहरूले आफ्नो घोषणापत्र वा प्रतिबद्धता पत्र फागुन ३ गतेभित्र अनिवार्य रूपमा बुझाउनुपर्ने निर्देश जारी गरेको थियो। सोही अनुरूप आयोगले सबै दलहरूलाई आवश्यक कागजात समयसीमाभित्र पेश गर्न पत्राचारसमेत गरेको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया