138
Shares
काठमाडौं । नेपाली कांग्रेस ले आइतबारका लागि तय गरेको घोषणापत्र अर्थात् प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित गरेको छ ।
केही प्राविधिक समस्याका कारण कार्यक्रम स्थगित गरिएको कांग्रेसका प्रवक्ता देवराज चालिसे ले जानकारी दिनुभएको हो । उहाँका अनुसार सार्वजनिक कार्यक्रमको नयाँ मिति छिट्टै घोषणा गरिनेछ ।
कांग्रेसले यही फागुन ६ गते मधेश प्रदेश मा चुनावी सभा गर्ने कार्यक्रम तय गरेको जनाएको छ । उक्त सभालाई लक्षित गरी पार्टीले चुनावी अभियानलाई तीव्र बनाउने तयारी गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया