एमालेले फागुन ३ पछि मात्रै चुनावी घोषणापत्र सार्वजनिक गर्ने

151 Shares

काठमाडाैं । नेकपा एमाले ले यहि फागुन ३ गतेपछि मात्रै चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ।

यसअघि निर्वाचन आयोग नेपाल ले सबै दललाई फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरेर आयोगमा बुझाउन निर्देशन दिएको थियो। तर तयारी अपुग भएको भन्दै एमालेले फागुन ३ पछि मात्रै घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको हो।

पार्टी अध्यक्ष केपी शर्मा ओली झापाबाट काठमाडाैं फर्किएपछि घोषणापत्रको मस्यौदा अध्ययनमा लागेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारी ले जानकारी दिनुभयो।

अध्यक्ष ओलीले मस्यौदा अध्ययन गरी आवश्यक थपघट गर्नुपर्ने भएकाले फागुन ३ अघि घोषणापत्र सार्वजनिक गर्न कठिन रहेको बताइएको छ। घोषणापत्र तयारीको काम तीव्र रूपमा भइरहे पनि तोकिएको मितिभित्र सार्वजनिक हुने सम्भावना कम रहेको जनाइएको छ।

एमालेले अध्यक्ष ओलीको संयोजकत्वमा मस्यौदा समिति गठन गरेको छ। समितिमा उपाध्यक्ष रामबहादुर थापा 'बादल', विष्णु पौडेल, महासचिव शंकर पोखरेल, तथा नेता ईश्वर पोखरेल, प्रदीप ज्ञवालीविष्णुप्रसाद रिमाल रहेका छन्।