नेपाली बजारमा सुन घट्यो, चाँदी बढ्यो

152 Shares

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य रूपमा घटेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख ६ हजार ५ सय रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको हो।

यस्तै, चाँदीको मूल्य भने बढेको छ। बुधबार प्रतितोला ५ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ५ हजार ३ सय ४० रुपैयाँ पुगेको छ। यसअनुसार चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्यमा हल्का गिरावट देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस करिब ५ हजार ६३ अमेरिकी डलर आसपासमा कारोबार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिकी डलर मजबुत हुनु र अमेरिकी रोजगारी तथ्यांक बलियो देखिएपछि सुनको मूल्यमा दबाब परेको विश्लेषण गरिएको छ।