7
Shares
काठमाडाैं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित नौ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जुम्लाको तिला गाउँपालिका–३ कुडारी बजारबाट तीन, झापाको बिर्तामोड नगरपालिका–२ त्रिशुली चोकबाट तीन, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ ढोडेखालीबाट दुई र कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बाट एक जना पक्राउ परेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया