काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकमा कुनै पनि नाममा हुने हिंसा, तोडफोड, लुटपाट र धम्की स्वीकार्य नहुने बताउनुभएको छ।
आइतबार काठमाडौंमा आयोजित क्लिकमाण्डु सिम्पोजियम कार्यक्रममा बोल्दै उहाँले व्यवसाय, उद्योग र लगानीको सुरक्षा गर्नु राज्यको प्राथमिक जिम्मेवारी भएको उल्लेख गर्दै त्यसलाई सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
गृहमन्त्री अर्यालले जेन–जी आन्दोलनपछि पनि निजी क्षेत्रले प्रतिकूल परिस्थितिमा हौसला कायम राख्दै काम गरिरहेकाले देशको अर्थतन्त्र पुनः गतिशील बन्दै गएको बताउनुभयो। राज्य र निजी क्षेत्रबीच विश्वासको पुल निर्माण नगरी आर्थिक अवस्थामा सुधार सम्भव नहुने उहाँको भनाइ थियो।
उहाँले जेन–जी आन्दोलनसम्बन्धी अध्ययनबाट आएका निष्कर्ष सरकारका लागि आलोचना मात्र नभई सुधारका लागि स्पष्ट मार्गचित्र भएको उल्लेख गर्दै आर्थिक पुनरुत्थानका लागि सरकार आवश्यक पहलमा लागिरहेको दाबी गर्नुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया