झापा यसपटक पूर्ण रूपमा सूर्यमय हुन्छ : एमाले अध्यक्ष ओली

162 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपटक झापा जिल्ला पूर्ण रूपमा एमालेमय हुने दाबी गर्नुभएको छ।

शुक्रबार गृहजिल्लास्थित चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले झापालाई ‘सूर्यमय’ बनाइने दाबी गर्नुभयो। झापाली जनताको माया र समर्थन एमालेप्रति रहेको उल्लेख गर्दै उहाँले पार्टीका नेता, कार्यकर्ता तथा समर्थकलाई आ–आफ्नो स्थानबाट सक्रिय योगदान गर्न आग्रह गर्नुभयो।

अध्यक्ष ओलीले युवा पुस्ता एमालेको पक्षमा जनमत निर्माण गर्न सक्रिय रूपमा लागिरहेको बताउँदै युवाहरूको ऊर्जा र सहभागिताले पार्टीलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

अध्यक्ष ओलीलाई चन्द्रगढी विमानस्थलमा एमाले सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वसभामुख देवराज घिमिरे, पूर्वमन्त्री देवेन्द्र दाहाललगायत नेता, कार्यकर्ता तथा युवाहरूले स्वागत गरेका थिए।