156
Shares
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार (आज) गृहजिल्ला झापा जाने भएका छन्। प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवार रहेका ओली चुनावी प्रचारप्रसारका कार्यक्रमका लागि झापा जान लागेका हुन्।
निकट स्रोतका अनुसार अध्यक्ष ओली मध्यान्ह हवाई मार्गमार्फत झापा पुग्ने कार्यक्रम रहेको छ।
झापा–५ मा यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ चुनावी प्रतिस्पर्धामा उत्रिसकेकाले त्यहाँको चुनावी माहोल थप पेचिलो बन्दै गएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया