काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले देशैभरि माया मात्रै रहेको बताएका छन्।
वरिष्ठ नेता बालेनले बिहीबार राति सामाजिक सञ्जालमार्फत यस्तो अभिव्यक्ति दिँदै आम नागरिकलाई पनि देशलाई माया गर्न आग्रह गरेका छन्। उनले माया र सकारात्मक भावनाबाटै देश निर्माण सम्भव हुने उल्लेख गरेका छन्।
यसअघि पनि बालेनले सामाजिक सञ्जालमार्फत उद्योगलाई देशको मेरुदण्डका रूपमा चित्रित गर्दै उद्योगले आर्थिक विकास, उत्पादन वृद्धि र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।
यही माघको पहिलो हप्ता काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएपछि बालेनले मधेश प्रदेशबाट देश दौडाहको यात्रा सुरु गरेका हुन्। उनी झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत बनेका छन्।
चुनावी अभियानका क्रममा हाल उनी झापासहित पूर्वी पहाडी जिल्लामा मतदातासँग भेटघाट र भोट माग्ने अभियानमा सक्रिय छन्। यसै सन्दर्भमा पछिल्लो समय उनले सामाजिक सञ्जालमार्फत देशप्रेम केन्द्रित सन्देशहरू निरन्तर सार्वजनिक गरिरहेको देखिन्छ।
यसैबीच, झापा–५ स्थित बालेनको सम्पर्क कार्यालयमा बुधबार राति तोडफोड भएको घटनासमेत सार्वजनिक भएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया