माओवादीद्वारा घोषणापत्र सार्वजनिक, आर्थिक समानतामा जोड (पूर्णपाठसहित)

213 Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक अवस्था उकास्ने लक्ष्यसहित विभिन्न आर्थिक नीतिहरू समेटेर आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

आज आयोजित पत्रकार सम्मेलनमा महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ को उपस्थितिमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरिएको हो। शान्तिपूर्ण राजनीतिक प्रक्रियामा आएपछि पहिलो पटक निर्वाचनमा सहभागी हुन लागेको उक्त दलले आर्थिक र सामाजिक रूपान्तरणलाई आफ्नो मुख्य एजेण्डा बनाएको जनाएको छ।

घोषणापत्रमा पुँजीवादी, दलाल तथा साम्राज्यवादी नीति र संस्कृतिको अन्त्य गर्दै धनी–गरिबबीचको खाडल घटाउने सङ्कल्प व्यक्त गरिएको छ। कृषिलाई आत्मनिर्भर बनाउने, विज्ञान तथा प्रविधिमा लगानी बढाउने र युवालाई उत्पादनशील क्षेत्रमा आकर्षित गर्ने विषयमा विशेष जोड दिइएको छ।

त्यस्तै व्यापार र लगानी विस्तारमार्फत राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउँदै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने प्रतिबद्धता पनि पार्टीले व्यक्त गरेको छ।