गौरवपूर्ण इतिहास र भरपर्दो भविष्यसहित कांग्रेस निर्वाचनमा : प्रवक्ता चालिसे

213 Shares

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको गौरवपूर्ण इतिहास र भरोसायोग्य भविष्यलाई साथमा लिएर आगामी निर्वाचनमा होमिने बताउनुभएको छ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले कांग्रेसको नीति र कार्यशैलीमा व्यापक परिवर्तन भइसकेको दाबी गर्नुभयो। नयाँ ऊर्जा र स्पष्ट दृष्टिकोणसहित अबको कांग्रेस मुलुक निर्माणमा केन्द्रित हुने उहाँको भनाइ थियो।

उहाँले विगतमा केही समय कांग्रेस अलमलिएको अवस्थामा देखिए पनि अब त्यस अवस्थाको विरासत नबोक्ने स्पष्ट पार्नुभयो। “अबको कांग्रेस रूपान्तरणको मार्गमा अघि बढिसकेको छ,” उहाँले भन्नुभयो।

प्रवक्ता चालिसेले पार्टीलाई सबै वर्ग, समुदाय र क्षेत्रको साझा राजनीतिक शक्तिका रूपमा विकास गर्दै समावेशी भावनाका साथ अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।