चुरे भावर पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित

201 Shares

काठमाडौं । चुरे भावर पार्टी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित भएको छ।

मंगलबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा चुरे भावर पार्टीको समाहितीको औपचारिक घोषणा भएको हो।

कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चुरे भावर पार्टीका अध्यक्ष बद्री न्यौपानेबीच सहमतिपत्रमा हस्ताक्षर गरिएको थियो।