कांग्रेस प्रवक्ताको जानकारी : ‘फागुन २१ मा पुरानै पार्टीसँग प्रतिस्पर्धा हुनेछ

171 Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा पुरानै पार्टीसँगै प्रतिस्पर्धा हुने जानकारी दिएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले फागुन २१ मा हुने निर्वाचनमा पुरानै पार्टीबीच प्रतिस्पर्धा हुने दाबी गरे।

“यो गम्भीर कुरा पनि हो। मतदाताले भोट हालेर निर्णय गर्ने कुरा पनि हो। तर पुरानै पार्टीबीच प्रतिस्पर्धा हुनेछ भन्ने लाग्छ,” चालिसेले भने।

उहाँले हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनपछि नयाँ नेतृत्व र संरचनासहित निर्वाचन अभियानमा तीव्रता आएको पनि बताए। १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको जानकारी दिँदै उनले भने, “पार्टीका नीति, योजना तथा कार्यक्रमलाई प्राथमिकता दिँदै जनतामा विश्वास र भरोसा स्थापित गर्ने प्रयास गरिनेछ।”congress.jpgcongress-2.jpg