पार्टी सभापति बनेपछि पहिलोपटक मधेश पुगे गगन थापा, सर्लाहीमा भव्य स्वागत

230 Shares

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा पुगेका छन्। थापा सोमबार दिउँसो काठमाडौंबाट सिमरा विमानस्थल हुँदै सर्लाही आएका हुन्।

पार्टीले प्रधानमन्त्रीको उम्मेदवारसमेत घोषणा गरिसकेका थापालाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाही–रौतहट सीमामा पर्ने बागमती कर्मैयामा नेता–कार्यकर्ताले स्वागत गरेका थिए। स्वागतपछि थापा मुर्तियास्थित मुक्तेश्वर मन्दिरमा दर्शन गरी निर्वाचन क्षेत्र नम्बर ४ तर्फ प्रस्थान गरेका छन्।

पार्टी सभापतिमा निर्वाचित भएपछि पहिलोपटक मधेश झरेका थापालाई मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, स्वास्थ्य मन्त्री जंगीलाल राय, नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंह, जिल्ला सभापति डा. सरोजकुमारलगायत हजारौं नेता–कार्यकर्ताले भव्य स्वागत गरेका छन्।