नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णय

176 Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले शुक्रबार बसेको बैठकमा पाँच महत्वपूर्ण निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पन्न बैठकले सभापति गगन थापालाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएको छ।

बैठकले सर्वसम्मत रुपमा पेस गरेको निर्णयअनुसार, पार्टीका उपसभापति विश्वप्रकाश शर्माले सभापति थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्ने प्रस्ताव गरेका थिए भने उपसभापति पुष्पा भुसालले त्यसमा समर्थन जनाएका थिए। केन्द्रीय कार्यसमितिले उक्त प्रस्तावलाई अनुमोदन गर्दै गगन थापालाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्री उम्मेदवार घोषणा गर्ने निर्णय गरेको हो।

यसैगरी बैठकले अन्य चार निर्णय पनि लिएका छन्, जसका विवरण आगामी दिनमा सार्वजनिक गरिने बताइएको छ।

note-4 (1).webp