काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सभापतिको जिम्मेवारी वहन गर्नु चुनौतीपूर्ण रहेको बताउनुभएको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले सभापतिको कुर्सीमा बस्नु सहज देखिए पनि त्यसअनुसार भूमिका निभाउन भने गाह्रो हुने आफूले अनुभूति गरेको बताउनुभयो।
उहाँले नेपाली कांग्रेसको कुनै पनि राजनीतिक दलसँग दुस्मनी नरहेको उल्लेख गर्दै सबै दल आफ्ना सहयात्री भएको धारणा राख्नुभयो। राजनीतिक दलहरू प्रतिस्पर्धी भए पनि लोकतान्त्रिक अभ्यासमा सहकार्य र सहयात्रा आवश्यक हुने उहाँको भनाइ थियो।
सभापति थापाले निर्वाचनमा एजेण्डाका आधारमा नै जित र हार हुने बताउँदै कांग्रेसले पनि स्पष्ट दृष्टिकोण र नीति लिएर अघि बढ्ने संकेत गर्नुभयो।







फेसबुकबाट तपाईको प्रतिक्रिया