काठमाडौं । नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने भएको छ।
गत पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित गगन थापाको नेतृत्वमा गठित कार्यसमितिले शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेर पद बहाली गर्ने कार्यक्रम रहेको छ। त्यसपछि सोही दिन पार्टी कार्यालयमै केन्द्रीय कार्यसमिति बैठक बस्ने पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो।
प्रवक्ता चालिसेले शुक्रबारदेखि नेपाली कांग्रेसका सम्पूर्ण पार्टीगत गतिविधि केन्द्रीय कार्यालय सानेपाबाटै सञ्चालन हुने पनि बताउनुभएको छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया