इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह चुनाव प्रचारका लागि इलाम पुगेका छन्। उनले इलाममा घरदैलो गरेका छन् र कार्यकर्ता तथा समर्थकसँग भेटघाट गरेका छन्।
इलामको घरदैलोमा उनीसँगै इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार विमल गदाल र क्षेत्र नम्बर २ का उम्मेदवार गोकुलबहादुर राई पनि रहेका थिए।
झापा-५ का प्रतिनिधिसभा उम्मेदवार बालेन शाहले बिहीबार बिहान इलाममा आफ्ना दलका उम्मेदवारलाई भोट मागेका थिए। मंगलबार प्रतिनिधिसभा सदस्यका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न मनोनयन दर्ता गरेका शाहले बुधबार दमकस्थित सम्पर्क कार्यालयमा समर्थक र पार्टी कार्यकर्तासँग भेटघाट पनि गरेका थिए।
शाहले झापा, मोरङ र सुनसरीमा पनि रास्वपाका उम्मेदवारसँग भेटघाट गरेका थिए। रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारिएका बालेनलाई झापा क्षेत्र नम्बर ५ मा उम्मेदवार बनाएपनि अन्य क्षेत्रमा प्रचारप्रसारमा सक्रिय प्रयोग गर्ने रणनीति बनाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया