सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा निर्वाचन: १६ सिटमा २१० उम्मेदवारको मनोनयन दर्ता

215 Shares

काठमाडौं।आगामी प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमा २१० जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। यो जानकारी सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले दिएको छ।

निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटका अनुसार, पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा सबैभन्दा धेरै उम्मेदवार मनोनयन दर्ता गराएका छन्। विवरण यस प्रकार छ:

  • कैलाली–१: १९ जना

  • कैलाली–२: १६ जना

  • कैलाली–३: ११ जना

  • कैलाली–४: १६ जना

  • कैलाली–५: १६ जना

त्यसैगरी कञ्चनपुरमा क्षेत्र–१ मा १९, क्षेत्र–२ मा १९ र क्षेत्र–३ मा १७ उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।

अन्य जिल्लाहरूमा मनोनयन दर्ता यसप्रकार छ:

  • अछाम: क्षेत्र–१ मा ८, क्षेत्र–२ मा ९

  • डोटी: ९

  • बाजुरा: ८

  • बझाङ: ७

  • बैतडी: १२

  • दार्चुला: ११

  • डडेल्धुरा: १३

सुदूरपश्चिम प्रदेशमा कुल १७ लाख १६ हजार ६६० मतदाता रहेका छन्।