काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले देशमा अहिले आगो लगाउने, लोकतन्त्र खाने र संविधान मिच्ने गतिविधिहरू बढेको भन्दै त्यसबाट देश बचाउन अनुभवी र दृढ नेतृत्व आवश्यक भएको बताउनुभएको छ।
मंगलबार आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरिसकेपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उहाँले अहिले देशमा भ्रम फैलाउने र नयाँ पुस्ता त्यसको शिकार भइरहेको बताउनुभयो।
ओलीले भन्नुभयो, “अब यस्तो अवस्थामा आगो लगाउने, कार्यालय जलाउने, व्यक्तिका घर तथा सरकारी कार्यालयमा नोक्सानी गर्ने गतिविधिबाट देश बचाउनुपर्नेछ। देश बचाउनका लागि अनुभवी नेतृत्व आवश्यक छ।”
उहाँले जनतालाई शान्तिपूर्ण र व्यवस्थित तरिकाले लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन आग्रह गर्दै सुरुबाटै देशप्रेम र जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया