165
Shares
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराजभक्त श्रेष्ठ ले काठमाडौं क्षेत्र नम्बर ८ बाट आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
श्रेष्ठले मंगलबार नागार्जुनस्थित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। उहाँ शुभेच्छुक र मतदातासँगै कार्यालयमा उपस्थित भएका थिए।
२०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका श्रेष्ठ केही समय युवा तथा खेलकुद मन्त्री समेत रहिसकेका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज देशभर मनोनयन दर्ता प्रक्रिया जारी रहेको निर्वाचन आयोगले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया