नेकपा (एमाले) ले केपी शर्मा ओलीलाई आगामी निर्वाचनमा भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको घोषणा

156 Shares

काठमाडौं। नेकपा (एमाले)ले आगामी प्रतिनिधि सभा निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ।

मंगलबार पार्टी मुख्यालय च्यासल मा आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष एवं निर्वाचन परिचालन समितिका संयोजक रामबहादुर थापा ‘बादल’ ले यो निर्णयको औपचारिक जानकारी दिएका हुन्।

उपाध्यक्ष बादलका अनुसार, आगामी निर्वाचनमा एमाले विजयी हुनैपर्ने र देश निर्माण गर्ने शक्तिको रुपमा पार्टी अघि बढ्ने लक्ष्य लिएको छ। उहाँले भने,

“हाम्रो पार्टीको केन्द्रीय समितिले संकल्प गरेको छ–यो चुनावमा हामीले जित्नै पर्छ। हाम्रो आदरणीय अध्यक्षको नेतृत्वमा फेरि देशभक्त र लोकतान्त्रिक शक्तिहरुको सरकार स्थापना गर्नुपर्छ। यस निर्वाचनमा अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्ने हाम्रो पार्टीको निर्णय छ।”

पत्रकार सम्मेलनमा एमालेले आफ्नो सबै निर्वाचन क्षेत्रमा उम्मेदवार दिएका जानकारी पनि दिएका छन्। पार्टीले उम्मेदवार चयन गर्दा जनप्रिय र लोकप्रिय व्यक्तिहरुलाई प्राथमिकता दिएको उपाध्यक्ष बादलले बताए।