कुलमान घिसिङ काठमाडौं–३ बाट उम्मेदवार, भोलि जोरपाटीबाट मनोनयन दर्ता

189 Shares

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुने भएका छन्।

केन्द्रीय सदस्य तथा क्षेत्रीय निर्वाचन परिचालन समिति संयोजक कुमारराज सुवेदीका अनुसार घिसिङ भोलि मध्याह्न जोरपाटी चोकमा भेला भई मनोनयन दर्ताका लागि निर्वाचन कार्यालय जाने कार्यक्रम तय भएको छ।

निर्वाचनमा सहभागी हुन घिसिङले यसअघि मन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता प्रक्रिया भाँडिएपछि उनी आफ्नै पार्टीमार्फत देशभर उम्मेदवार उठाउने तयारीमा लागेका छन्।

उज्यालो नेपाल पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार र चुनावी अभियानलाई तीव्र बनाएको जनाएको छ।