रास्वपाले गुल्मी–१ बाट सागर ढकाललाई उम्मेदवार बनायो

170 Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गुल्मी–१ बाट सागर ढकाललाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ।

अघिल्लो निर्वाचनमा डडेल्धुराबाट उम्मेदवार बनेका ढकालले यसपटक गुल्मी–१ रोजेका हुन्। टिकट पाएलगत्तै उनले गुल्मीलाई “गुजराती मोडल” अनुसार विकास गर्ने योजना सार्वजनिक गरेका छन्।

ढकालका अनुसार गुल्मीको बौद्धिक क्षमता र इमान्दारितालाई सही रूपमा प्रयोग गर्न सके आगामी २५ वर्षभित्र नेपालले ठूलो विकास फड्को मार्न सक्छ।