काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले बालेन शाहसँगको भेटपछि आफूमा देश अब परिवर्तन हुने विश्वास जागेको बताएका छन्।
रास्वपाले जनकपुरधाममा गरेको चुनावी सभामा सम्बोधन गर्दै लामिछानेले भने, “बालेनसँग भेट भएको पाँच मिनेटमै थाहा भयो हामी सँगै हिँड्न सक्छौं। वार्ता पाँच मिनेटमै सकियो, बाँकी समय एकअर्कालाई चिन्नमा खर्च गर्यौं।”
उनी घर फर्केर स्वर्गीय आमाको फोटोसँग कुरा गर्दै विश्वास व्यक्त गरेको पनि बताए। “मैले भने, ‘आमा, अब देश बालेनले बनाउँछ। हाम्रा सपना बालेनले पूरा गर्छ,’” लामिछानेले सुनाए।
लामिछानेले जेल जानुपर्ने अवस्था आए पनि चिन्ता नभएको बताए। “हामीमाथि भएका अन्यायको हिसाब बालेनले लिनेछ। देश बनाउन बालेन आएको छ,” उनले भने।
फेसबुकबाट तपाईको प्रतिक्रिया