पूर्वप्रहरी प्रमुख राजुनाथ पाण्डे रास्वपाबाट काठमाडौं–३ बाट उम्मेदवार

180 Shares

काठमाडाैं । काठमाडौं महानगरपालिकाका पूर्वप्रहरी प्रमुख राजुनाथ पाण्डेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाएको छ।

पाण्डेले काठमाडौं–३ बाट उम्मेदवार बन्ने घोषणा गर्दै मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्ने जानकारी दिएका छन्।

आसन्न निर्वाचनमा भाग लिन उनले केही दिनअघि महानगर प्रहरी प्रमुख पदबाट राजीनामा दिएका थिए।