रास्वपाले प्रत्यक्षतर्फका उम्मेदवार टुंग्यायो, रवि लामिछाने चितवन–२ बाट चुनावी मैदानमा

179 Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याएको छ। प्राथमिक निर्वाचन प्रक्रिया थाती राख्दै सचिवालय तहको छलफल र गुगल फारममार्फत प्राप्त सुझावका आधारमा उम्मेदवार चयन गरिएको पार्टीले जनाएको छ।

पार्टी सभापति रवि लामिछाने चितवन–२ बाट उम्मेदवार बन्ने भएका छन्। त्यस्तै, वरिष्ठ नेता बालेन शाह झापा–५, उपसभापति डिपी अर्याल काठमाडौं–९ र महामन्त्री कविन्द्र बुर्लाकोटी गोरखा–२ बाट उम्मेदवार हुने भएका छन्। रास्वपाले सातै प्रदेशका सभापतिलाई समेत प्रत्यक्षतर्फ उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

रास्वपाका प्रत्यक्षतर्फका उम्मेदवार यसप्रकार छन्–

  • ताप्लेजुङ – विरेन्द्र श्रेष्ठ

  • झापा–१ – निशा डाँगी

  • झापा–२ – इन्दिरा रानामगर

  • झापा–३ – प्रकाश पाठक

  • झापा–४ – शम्भु सुस्केरा

  • झापा–५ – बालेन शाह

  • मोरङ–३ – गणेश कार्की

  • ओखलढुंगा – विश्वराज पोखरेल

  • उदयपुर–२ – सूर्यबहादुर तामाङ

  • काठमाडौं–६ – शिशिर खनाल

  • काठमाडौं–७ – गणेश पराजुली

  • काठमाडौं–८ – विराजभक्त श्रेष्ठ

  • काठमाडौं–९ – डिपी अर्याल (डोलप्रसाद)

  • चितवन–१ – हरि ढकाल

  • चितवन–२ – रवि लामिछाने

  • चितवन–३ – सोबिता गौतम

  • नवलपुर–१ – राजन गौतम

  • जुम्ला – बिनिता कठायत

  • बाजुरा – हेमराज थापा

  • कञ्चनपुर–१ – जनकसिंह धामी

  • कञ्चनपुर–२ – दीपक बोहरा

  • कञ्चनपुर–३ – ज्ञानेन्द्र महतारा

  • कैलाली–१ – कोमल ज्ञवाली

  • कैलाली–३ – लक्ष्मण थारू

  • कैलाली–४ – हरि रेग्मी

  • कैलाली–५ – आनन्द चन्द

  • बाँके–३ – खगेन्द्र सुनार

  • दाङ–२ – विपिन आचार्य

  • रुपन्देही–३ – डा. लेखजंग थापा

  • कास्की–२ – उत्तम पौडेल

  • स्याङ्जा–२ – धनञ्जय रेग्मी