काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने भएका छन्।
भट्टराईले सामाजिक सञ्जालमार्फत आफू उम्मेदवारी दिने निर्णयमा पुगेको जानकारी गराउँदै गोरखा–२ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनाव चिह्न ‘खुलेको आँखा’ लिएर मैदानमा उत्रिने बताएका छन्।
उनले लेखेका छन्, “गोरखा–२ का पार्टीसाथीहरू, आम मतदाता तथा अन्य दलभित्रका शुभचिन्तकहरूको आग्रह र देशको अन्योलपूर्ण राजनीतिक अवस्थाबाट सिर्जित राष्ट्रिय दायित्वबोधलाई ध्यानमा राख्दै आगामी आम निर्वाचनमा गोरखा–२ बाट उम्मेदवारी दिने निर्णयमा पुगेको छु।”
गोरखा–२ मा नेकपाबाट लेखनाथ न्यौपाने उम्मेदवार रहेका छन्। त्यस्तै, एमालेबाट चक्रे मिलन उम्मेदवार बनेका छन्, जसलाई लिएर विभिन्न विवाद र आरोपसम्बन्धी चर्चा हुँदै आएको छ। नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने हालसम्म उम्मेदवार तय गरेका छैनन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया