धरान उपमहानगरका मेयर हर्क साम्पाङको राजीनामा, प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी घोषणा

207 Shares

धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो पदबाट राजीनामा दिएका छन्।

सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका साम्पाङले आइतबार बसेको कार्यपालिका बैठकमा उपप्रमुख अइन्द्रबिक्रम बेघासमक्ष राजीनामा पत्र बुझाएका हुन्। उनी श्रम संस्कृति पार्टीका अध्यक्ष समेत हुन्।

यसैदिन धरान उपमहानगरपालिका–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि पदबाट राजीनामा दिएका छन्। भट्टराईलाई नेकपाले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाएको छ।