बालेन शाह घण्टीघर पुगेर छोटो समयमै फर्किए, राजीनामा माघ ४ गतेदेखि लागू

164 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आज घण्टीघर पुगेर करिब १० मिनेट मात्र बसेर फर्किएका छन्।

उनको आजै जनकपुर जाने कार्यक्रम तय भएकाले त्यहाँ लामो समय नबसेको जनाइएको छ।

महानगरपालिकाको सचिवालयले जनाएको छ कि मेयर शाहले संविधान, स्थानीय सरकार सञ्चालन ऐन–२०७४ तथा अन्य प्रचलित कानुनी व्यवस्था बमोजिम २०८२ माघ ४ गतेदेखि लागू हुने गरी स्वेच्छाले राजीनामा दिएका हुन्। राजीनामा उपमेयरमार्फत् बुझाइएको महानगरपालिकाका एक अधिकारीले जानकारी दिएका छन्।