बालेन शाह रास्वपामा प्रवेश, जनकपुर सभालाई सम्बोधन गर्ने तयारी

145 Shares

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) पदबाट राजीनामा दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय बनस्थली पुगेका छन्।

बालेनको आगमनसँगै पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको बाक्लो भीड देखिएको छ। समर्थकहरूले नाराबाजी गर्दै उत्साहपूर्वक स्वागत गरेका छन्।

पार्टी स्रोतका अनुसार बालेन आज केन्द्रीय समिति बैठकमा सहभागी भई प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारबारे छलफल गर्ने तयारीमा छन्। बैठकपछि उनी आजै जनकपुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

जनकपुरमा आयोजना हुने सभामा बालेनसहित पार्टी सभापति रवि लामिछाने र अन्य शीर्ष नेताहरू पनि सहभागी हुने तय भएको छ।