काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन्द्र शाह (बालेन)को राजीनामा पश्चात कार्यबाहक प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ।
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार मेयरको पद रिक्त भएमा उपमेयर स्वतः कार्यबाहक प्रमुख बन्ने व्यवस्था छ। सोही कानुनी प्रावधानअनुसार डंगोलले महानगरपालिकाको नेतृत्व सम्हालेकी हुन्।
मेयर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय पुग्नुअघि औपचारिक रूपमा राजीनामा दिनुभएको थियो। केही ढिलाइ पछि दिउँसो रास्वपाको कार्यालयमा पुग्दा कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो भिड देखिएको छ।
बालेन शाहले रास्वपामा प्रवेश गरेपछि झापा–५ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गर्दै हुनुहुन्छ। हाल उनी रास्वपाका वरिष्ठ नेताको भूमिकामा सक्रिय रहने बताइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया