174
Shares
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ। उहाँले उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा पत्र बुझाउनुभएको हो।
मेयर पदबाट राजीनामा दिएसँगै शाह आजै दिउँसो ३ बजे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने तयारीमा रहनुभएको स्रोतले जनाएको छ।
बालेन शाहको राजीनामा र दल प्रवेशले राजधानीको स्थानीय राजनीति तथा राष्ट्रिय राजनीतिक वृत्तमा ठूलो तरंग पैदा गरेको छ। यस सम्बन्धमा थप विवरण आउन बाँकी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया