रास्वपाले प्रतिनिधिसभा समानुपातिक सूची अध्यावधिक, उज्यालो नेपालसँगको एकता भंग

163 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची आज (आइतबार) अध्यावधिक गरेको छ ।

रास्वपाका प्रवक्ता मनीष झाले जानकारी दिनु भएको अनुसार, उज्यालो नेपाल पार्टीसँगको एकता भंग भएपछि निर्वाचन आयोगमा सूची अध्यावधिक गरिएको हो ।

दुई दलबीचको एकता शनिबार साँझ भंग भएको थियो भने त्यस लगत्तै कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन् । यसअघि सहमति अनुसार दुई दलले समानुपातिकतर्फको साझा सूची बुझाएका थिए, जसमा रास्वपाका साथै उज्यालो नेपालका उम्मेदवारहरू पनि समावेश थिए ।

तर, दुई दलको एकता भंग भएपछि फागुन २१ को निर्वाचनमा उज्यालो नेपालको समानुपातिकतर्फ उम्मेदवार नरहने भएका छन् ।