काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत शनिबार उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको छ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आइतबार उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् भने सोही दिन उम्मेदवारको अन्तिम नामावली पनि प्रकाशन गरिने आयोगले जनाएको छ। यही पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ।
आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी समय तोकिएको छ। राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुने भएको छ।
यसअघि आयोगले राष्ट्रिय जनगणना २०७८ अनुसार मतदाता संख्या र मतभार सार्वजनिक गरिसकेको छ। राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष मतदाता हुने आयोगले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया