एमाले सचिव बस्नेत र नेता बास्कोटा आफ्ना क्षेत्रबाट एकल सिफारिस

202 Shares

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेत र सचिव पदमा पराजित नेता गोकुल बास्कोटा आ–आफ्नो निर्वाचन क्षेत्रबाट उम्मेदवारका लागि एकल सिफारिस भएका छन्।

सचिव बस्नेत भक्तपुर–२ बाट तथा नेता बास्कोटा काभ्रे–२ बाट सिफारिस भएका हुन्। दुवै नेता २०७० सालदेखि आफ्नै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्दै आएका छन्।

नेता बास्कोटा २०७४ र २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट उम्मेदवार बनेका थिए भने सचिव बस्नेत २०७४ सालको निर्वाचनमा निर्वाचित भएका थिए।