ओलीको स्थान हद विषयमा जाँचबुझ आयोगले बैठकबाट निर्णय गर्ने

184 Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हदको विषयमा जाँचबुझ आयोगले बैठक बसेर निर्णय गर्ने भएको छ।

अध्यक्ष ओलीलाई पत्र बुझाउन पुगेका जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले लिखित जवाफ लिएर फर्किएको जानकारी दिनुभयो। आयोगको टोलीले आइतबार भक्तपुरस्थित गुण्डु निवासमा पुगेर अध्यक्ष ओलीसँग लिखित बयान लिएपछि स्थान हदको विषयमा केही दिनभित्र निर्णय गर्ने जनाएको छ।

आयोगका अनुसार अध्यक्ष ओलीले दिएको लिखित जवाफको अध्ययनपछि स्थान हदसम्बन्धी निर्णय गरिनेछ।

यसअघि अध्यक्ष ओलीले आयोगलाई बयान नदिने अभिव्यक्ति सार्वजनिक रूपमा दिनुभएको थियो। बयान दिन जानुपरे सिंहदरबार घेर्नेसम्मको चेतावनी दिनुभएका ओलीले पछिल्लो समय आयोगका प्रतिनिधि निवासमै आए लिखित जवाफ दिने बताउनुभएको थियो।