180
Shares
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा दिउँसो १ बजे सुरु हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।
बैठकमा वर्तमान राजनीतिक अवस्था, पार्टीको आन्तरिक विषयवस्तु तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।
मुख्य सचिव पौडेलले केन्द्रीय कार्यसम्पादन समितिका सबै पदाधिकारी तथा सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन निर्देशनसहित अनुरोध गर्नुभएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया