209
Shares
काठमाडौं । मंगलबार एकैदिन सुनको मूल्य तोलामा ५ हजार ५ सय रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ तोकेको छ। यसअघि सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ रहेको थियो। हालको मूल्य हालसम्मकै उच्च रेकर्ड भएको महासंघले जनाएको छ। अघिल्लो दिनदेखि नै सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाउँदै आएको छ।
यता, चाँदीको मूल्य पनि पछिल्ला केही दिनदेखि उच्च विन्दुमा कारोबार हुँदै आएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर ४ हजार २५५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार २३५ रुपैयाँ मा कारोबार भएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया