सेयर बजारमा गिरावट, नेप्से १३.८८ अंकले घट्यो

160 Shares

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १३.८८ अंकले घटेर २५८१ अंकमा झरेको छ।

दिनभरि बजार ओरालो लागेपछि कारोबार रकमसमेत घटेको छ। अघिल्लो दिन ४ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ३ अर्ब ५१ करोड रुपैयाँमा सीमित भएको छ। कुल ५४ कम्पनीको सेयर मूल्य बढ्दा २ सय कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

व्यापार समूहबाहेक सबै समूहका सूचक घटेका छन्। व्यापार समूह ०.५७ प्रतिशतले घटेको छ। जीवन बीमा १.०१ प्रतिशत र होटल तथा पर्यटन समूह १.२६ प्रतिशतले घटेका छन्।

यस्तै बैंकिङ ०.३५, विकास बैंक ०.३७, फाइनान्स ०.१५, हाइड्रोपावर ०.६६, लगानी ०.९७, उत्पादन तथा प्रशोधन ०.३२, माइक्रोफाइनान्स ०.४५, निर्जीवन बीमा ०.४५ तथा अन्य समूह ०.६९ प्रतिशतले घटेका छन्।

व्यक्तिगत कम्पनीतर्फ हेर्दा एसवाई प्यानलको सेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ। सीवाईसी लघुवित्त ५.९० प्रतिशत, पियोर इनर्जी ५.८७ प्रतिशत तथा हिमालयन पावर पार्टनर ३.५२ प्रतिशतले बढेका छन्।

घट्ने कम्पनीतर्फ मानुषी लघुवित्तको सेयर मूल्य ६.८४ प्रतिशतले सबैभन्दा बढी घटेको छ। त्यसपछि लक्ष्मी लघुवित्त ५.५८, स्वस्तिक लघुवित्त ५.५१ र तेह्रथुम पावर ५.२० प्रतिशतले घटेका छन्।

सोमबार सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरूमा लुम्बिनी विकास बैंक, सन नेपाल लाइफ इन्स्योरेन्स, मञ्जुश्री फाइनान्स, हिमालयन पावर पार्टनर र सिटिजन लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहे।